काठमाडाैं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनु भएकाे छ ।
बुटवलस्थित प्रदेश सभा भवनमा सोमबार बसेकाे प्रदेश सभा बैठकमा केसीकाे पक्षमा ४२ मत परेको छ । ४३ जना सांसद् उपस्थित प्रदेश सभा बैठकमा कृष्णी थारु तटस्थ बस्नुभएकाे थियाे ।
सांसद्द्धय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गरेकाे थियाे ।
माओवादी केन्द्र संसदीय दलका नेता केसी साउन २७ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे । माओवादीसहित कांग्रेस, जसपा, राष्ट्रिय जनमाेर्चा र सूर्य चिन्हबाट चुनाव जितेका गरी ४२ प्रदेश सभा सदस्यको समर्थनमा केसी मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
