काठमाडाैं । वाग्मती प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाकाे अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।
शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । प्रदेश सभाकाे आठाैं अधिवेशन गत जेठ १६ गतेदेखि सुरु भएकाे थियाे ।
