काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित भएकाे छ ।
भदाै १७ गतेका लागि बाेलाइएकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । बैठक यसअघि पनि पटक पटक स्थगित हुँदै आएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले २ सांसद्लाई कारबाही नगरेसम्म एमालेले सदन चल्न नदिने बताइसकेकाे छ । सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेश सभा सदस्य विमला वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दै आएकाे छ । एमालेले सदन चल्न नदिने भएपछि ३० गतेसम्मका लागि बैठक स्थगित गरिएकाे बताइएकाे छ ।
