काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएकाे छ ।
भाेलि अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न अध्यादेश पेस हुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढ्नुहुने कार्यसूची छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । संघीय संसदको दुबै सदनकाे अधिवेशन भाेलिदेखि सुरु हुँदैछ ।
हेर्नुस् कार्यसूची :
