काठमाडौं । प्रतिनिधि सभाको नवौँ अधिवेशन बुधबारबाट सुरु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह चार बजे अधिवेशन आह्वान गर्नुभएको हो ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसद्ले उठेर विरोध जनाएका थिए । एमालेले कारबाही गरेका सांसद्को सूचना सभामुखले टाँस नगरेको भन्दै एमाले सांसद्ले विरोध जनाएका हुन् । एमाले सांसद्ले विरोध जनाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले ‘अरु केही गरेको छैन, स्वागत मात्र गरेको हो’, भन्नुभएको थियो । त्यस पछि उहाँले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो ।
प्रमुख सचेतक भट्टराईले सभामुखले विधि मिचेर काम गरेको भन्दै विधि प्रक्रिया अनुसार नचलेसम्म बैठक अघि बढ्न नदिने बताउनुभयो । अहिले एमाले सांसदले संसदमा नारावाजी गरिरहनुभएको छ ।
