काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाकाे दाेस्राे बैठक पनि अवरुद्ध गरेकाे छ ।
१५ मिनेट स्थगित भएर बसेकाे सुरु भएकाे दाेस्राे बैठककाे सुरुमै एमाले सांसद्ले उठेर विराेध जनाएका छन् । पार्टीले कारबाही गरेका १४ सांसद्लाई निष्कासन गर्न,संसदीय सर्वाेच्चता कायम गर्न भन्दै एमाले सांसद्हरुले अहिले नाराबाजी गरिरहेका छन् ।
पहिलो बैठक एमालेले चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गर्नुभएकाे थियाे ।
