काठमाडाैं । प्रतिनिधि सभा बैठक फेरि पनि १५ मिनेटका लागि स्थगित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नाे माग पूरा नभएसम्म बैठक चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकाेटाले बैठक फेरि १५ मिनेका लागि स्थगित गर्नुभएकाे हाे ।
यसअघि पनि एमाले सांसद्को अवरोधका कारण पहिलाे बैठक १५ मिनेट स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे दाेस्राे बैठक पनि एमालेले चल्न नदिएपछि सभामुखले स्थगित गर्नुभएकाे ।
