काठमाडौं । राजनीतिक दल विभाजनसम्बधी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्को अवरोधबीच गृहमन्त्री बालकृष्ण खाँडले बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सो अध्यादेश पेस गर्नुभएको हो । पहिलो बैठक एमालेले अवरोध गरेको थियो । दोस्रो बैठक पनि एमालेले अवरोध गरेको थियो । तर तेस्रो बैठकमा एमालेको अवरोधबीच पनि गृहमन्त्रीले तेस्राे बैठकमा अध्यादेश पेस गर्नुभयो ।
प्रतिनिधि सभा बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ ।
