काठमाडौं । दुई जना सांसद्ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद् कायम गराउन माग गर्दै रिट दायर गर्नुभएको हो । एमालेबाट चोइटिएको माधव नेपालको नेतृत्वमा बनेको समाजवादीमा खुल्नुभएका प्रतिनिधि सभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आज रिट दायर गर्नुभएको हो ।
दुुबै सांसद्लाई एमालेले कारबाही गरेको छ । तर ती सांसद्सहित १४ जनालाई गरेको कारबाही अनुसार सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गर्नुभएन । त्यसकै विरोधमा एमालेले आज सदन अवरुद्ध गरेको छ ।
