काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्नुभएको बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव भट्टराईले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आज सदन अवरुद्ध गरिएको बताउनुभयो ।
विगतका सभामुखको जस्तो पदीय मर्यादा कायम गर्न सभामुख चुक्नभएको पनि योगेशले बताउनुुभयो । सभामुख एमाले विभाजनको मतियार बनेको बन्नुभएको योगेशले बताउनुभयो ।
एमालेले निष्कासन गरेका सांसद्लाई कारबाहीको सूचना जारी नगरेर सभामुखले एमाले फुटाउन सघाउनुभएको योगेशको ठहर छ । 'उहाँले एउटै केसका विभिन्न दललाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ, संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ,पार्टीको ह्वीप मान्नुुपर्छ, पार्टीका सांसद्लाई पार्टीको अनुशासन हुन्छ, र त्यो अनुशासन उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ, त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नुभएन'-योगेशको भनाइ छ ।
