काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा बजेसँग सम्बन्धित आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत अन्य अध्यादेश पेस गर्ने कार्यसूची छ ।
प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालू बजेटको निकासा रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले हिजो पत्राचार गर्दै अनिवार्य दायित्वबाहेक खर्च र निकासा रोकेको हो ।
बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ .
