काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी दुई प्रतिवेदन प्रस्तुत गर्नुहेनेछ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८, पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
