काठमाडौं । एमाले सांसदको नाराबाजी पछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै एमाले सांसदले सभामुखको विरुद्ध नाराबाजी सुरु गरेका थिए ।
दिउँसो एक बजेको लागि बोलाइएको बैठक सभामुख अग्नीप्रसाद सापकोटाले सुरु गर्ने वित्तिकै एमाले सांसद्ले विरोध जनाएका थिए ।
बैठक अघि बढाउन पटक पटक प्रयास गरेपनि एमाले सांसदले लगातार विरोध जनाएर नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।
सभामुखले पदीय मर्यादा अनुसार काम नगरेको भन्दै एमालेका सांसदले विरोध जनाउँदै आएका छन् । सत्ता गठबन्धनका दलसँग मिलेर सभामुखले एमाले फुटाउन सहयोग गरी एमालेले कारबाही गरेका सांसद्को सूचना टाँस नगरेर संविधान विपरित काम गरेको एमालेको भनाई छ ।
एमालेले पार्टी निर्देशन विपरित चलेका १४ जना सांसद्लाई कारबाही गरी त्यसको सूचना सभामुख समक्ष पठाएको थियो । तर सभमुखले सो सूचना टाँस गर्नुको सट्टा १३ दिन पछि उहाँहरुलाई कारबाही गर्नु नपर्ने सूचना सार्वजनिक गर्नुभएको थियो । सभामुखको भूमिकाले एमाले फुटाउन सहयोग गरेको एमालेका ठहर छ ।
