काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ राष्ट्रिय सभामा पेस गरेको छ ।
नेकपा एमालेका सांसद्को विरोधका बाबजुत राष्ट्रियसभाको बैठकमा शुक्रबार सो अध्यादेश पेस भएको हो । गृहमन्त्री बालकृष्ण खाँडले सो अध्यादेश सभामा पेस गर्नु भएको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदले उठेर विरोध जनाएका थिए । विरोधकै बीचमा गृहमन्त्रीले अध्यादेश बैठकमा पेस गरेपछि संविधान सभा सदस्य जुठबहादुर खड्गी ‘जेबी टुहुरे’ र महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव पेस भएको थियो । शोक प्रस्ताव पारित भएसँगै भदौ २८ गतेसम्मको लागि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
