काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटोको निरंकुश र गुरिल्ला चरित्र शुक्रबारको प्रतिनिधि सभा बैठकमा देखिएको छ ।
प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुत उहाँले शुक्रबार प्रतिनिधि सभा बैठक जबरजस्ती रुपमा अघि बढाउनुभयो ।
प्रमुख प्रतिपक्षीले विरोध गरिरहँदा त्यसको कुनै सुनुवाई नगरी उहाँले अर्थ मन्त्रीलाई आर्थिक तथा विनियोजन अध्यादेश पेश गर्न लगाउनुभएको थियो ।
आर्थिक तथा विनियोजन अध्यादेश अस्वीकार गरियोस् भन्ने नेमकिपाका सांसद् प्रेम सुवालको प्रस्ताव माथि छलफलको लागि बोल्ने वातावरण बनाइदिन सुवालले सभामुखलाई पटक पटक अनुरोध गर्नुभएको थियो । ‘प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको बेला मैले यहाँबाट बोलेकै सुनिँदैन, मलाई रोष्टमबाट बोल्ने वातावरण मिलाइयोस्’, उहाँको पटक पटक अनुरोध थियो ।
तर सभामुखले त्यसको सुनुवाई नगरी आफ्नै सिटबाट बोल्न रुलिङ गर्नुयभो । यस्तो अवस्थामा आफ्ना कुरा राख्ने वातावरण नभएको बताउनुभएका सुवाललाई उहाँले प्रस्ताव फिर्ता नलिएको भन्दै सापकोटाले निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुभएको थियो । विना कुनै छलफल आँफै निणयार्थ प्रस्तव सदनमा प्रस्तुत गर्ने र घोषणा गर्ने उहाँको शैली निरंकुश र संसदीय मूल्य मान्यता विपरित थियो ।
लगातारको एकलौटी घोषणा पछि सभामुखले १५ मिनेटको लागि दोस्रो पटक बैठक स्थगित गर्नुभएको छ । उहाँको व्यवहार र चरित्रले संसदीय व्यवस्थाकै खिल्ली उडाएको छ ।
एमालेले कारबाही गरेका १४ जना सांसद्को सूचना प्रतिनिधि सभामा टाँस नगरेको भन्दै बैठकमा विरोध जनाउँदै आएको छ ।
