काठमाडौं । न बिराउनु नडराउनु भन्ने नेपाली उखान छ । जसले बिराउँदैन अर्थात गलत काम गर्दैन, ऊ कसैसँग डराउँदैन र भाग्दैन ।
अवैध बाटोबाट परमादेश मार्फत आएको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार प्रतिपक्षी एमालेलाई सिध्याउन सभामुख अग्नीप्रसाद सापकोटा समेतको मिलेमतोमा एक पछि अर्को गल्ती गर्दै गएको छ , भागदौड गर्दै छ । प्रमुख प्रतिपक्षीलाई पेलेर लैजाने रणनीति बनाएको गठबन्धनले प्रतिनिधि सभामा समेत सो चरित्र देखाएको छ ।
प्रतिनिधि सभा भित्रै सरकारका मन्त्रीहरु चोर र अपराधी भागे जस्तै भाग्ने र दौडने गर्न लागेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा यस्तै दृश्य देखियो ।
माओवादी लडाकुबाट मन्त्री बनेका अर्थ मन्त्री जनार्दन शर्मा शुक्रबारको प्रतिनिधि सभा बैठकमा कुनै अपराधी वा चोर दौडिए जस्तै भागदौड गर्दै हुनुहुन्थ्यो । प्रमुख प्रतिपक्षी दलले प्रतिनिधि सभामा सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै विरोध जनाइ रहेको बेला सभामुखले पेलेर बैठक अघि बढाउन लागेपछि त्यसलाई साथ दिन मन्त्री शर्मा सभाहल भित्र छापमार शैलीमा दोडनु भएको थियो । सभामुख र मन्त्री दुवै छापामार पृष्टभूमिबाट आउनुभएको हो ।
आर्थिक अध्यादेश पेश गर्नको लागि सभमुखले रोष्टममा बोलाउन लागेपछि एमाले सांसदले छेक्ने डरले मन्त्री शर्मा आफू बसेको स्थानबाट भाग दौड गर्दै रोष्टम तर्फ लाग्नु भएको थियो । उहाँ भाग्दाको दृश्य कुनै अपराध गरेको मानिस भाग्दाको भन्दा फरक थिएन ।
