काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधि सभा बैठक बस्न लागेकाे हाे । प्रमुख प्रतिपक्षीकाे विराेधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेकाे थियाे ।
आजकाे बैठकमा सांसद् प्रेम सुवालले 'शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले 'शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् प्रेम सुवालले 'रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री शेरबहादुर देउवाले 'रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
