काठमाडाैं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले उठेर विरोध जनाएका थिए । १४ सांसद्लाई पदमुक्त गर्न, संसदीय सर्वाेच्चता कायम गर्न भन्दै एमाले सांसद्ले नारा लगाएका थिए ।
सभामुख सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गर्नुभएकाे थियाे । तर एमाले सांसद्ले निरन्तर नारा लगाइरहेपछि सभामुखले बैठक स्थगित गर्नुभयाे ।
आफूले संसदीय सर्वाेच्चतता कायम गरेको दाबी गर्दै सभामुख सापकाेटाले बैठक अवरोध गरेर अरु सांसद्को बोल्ने अधिकार कुण्ठित नगर्न पनि एमाले सांसद्सँग आग्रह गर्नुभयाे । सभामुखले १४ जनालाई सांसद्लाई कारबाही नगरेसम्म एमालेले सदन चल्न नदिने बताइसकेकाे छ ।
