काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच पनि सभामखु अग्निप्रसाद सापकाेटाले प्रतिनिधि सभा बैठक अगाडि बढाउनु भएकाे छ ।
१५ मिनेटमा लागि स्थगित भएकाे बैठक फेरि सुरु भएकाे छ । बैठक सुरु हुनासाथ एमाले सांसद्ले नाराबाजी गरिरहेका छन् । पहिलाे बैठक अवरुद्ध भएपछि सभामुख सापकाेटाले एमाले सांसद्सँग छलफल गर्नुभएकाे थियाे । तर छलफलमा सहमति जुटेन ।
प्रमुख प्रतिपक्षीसँग संवाद नै नगरी अगाडि बढ्नुभएका सभामुख सापकाेटाले एमालेलाई पेलेर जान नसक्ने देखिएपछि बल्ल आज छलफल गर्नुभएकाे थियाे । तैपनि सहमति हुन नसकेकाे हाे ।
छलफलमा एमालेबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी सहभागी हुनुभएकाे एमाले सचेतक शान्ता चाैधरीले जानकारी दिनुभयाे । सभामुखले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राखेर छलफल गर्नुभएकाे थियाे ।
पार्टीले निष्कासन गरेका १४ सांसद्लाई पदमुक्त नगरेसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएकाे छ ।
