काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएकाे छ ।
सभामुखले भाेलि दिउँसाे साढे २ बजे सर्वदलीय बैठक बाेलाउनु भएकाे गृहमन्त्री वालकृष्ण खाँडले जानकारी दिनुभयाे । आज बसेकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँडले साे जानकारी दिनुभएकाे हाे । भाेलिकाे बैठकपछि सदनकाे गतिराेध हट्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभएकाे हाे ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने सभामुखकाे सचिवालयले जनाएकाे छ । प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएकाे हाे । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय सभामुखले बैठक बाेलाउनुभएकाे पनि उहाँकाे सचिवालयले जनाएकाे छ ।
१४ जना सांसद्लाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले प्रतिनिधि सभा बैठक लगातार अवरुद्ध गर्दै आएकाे छ ।
