काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् काेमल वलीले सभामुख अग्निप्रसाद सापकाेटालाई पदमा बस्ने अधिकार नभएकाे बताउनु भएकाे छ ।
साेमबार राष्ट्रिय सभाकाे दाेस्राे बैठकाे सुरुमै बाेल्दै सांसद् ओलीले सभामुखकाे व्यवहार पक्षपातपूर्ण व्यवहार गरेका कारण राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारिएकाे बताउनुभयाे ।
कुर्सी र पदकाे सम्मान गर्न नसक्ने सभामुखलाई कुर्सीमा बस्ने अधिकार नभएकाे वलीले बताउनुभयाे । 'जसले कुर्सीकाे महत्व बुझ्दैन त्यस्ता व्यक्तिलाई कुर्सीमा बस्ने अधिकार हुँदैन, हिजाे रामबहादुर थापा, लेखराज भट्ट हरुलाई एमालेकाे विश्वास छ भन्दा संसद् पद जाने, माधव नेपालहरुले पार्टीकाे ह्वीप उल्लंघन गर्दा पद रहिरहन मिल्छ ? एउटै दिमागभित्र दुईवटा चिन्तन ? एउटै जिब्राेमा दुईवटा बाेली ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थाका कुनै पनि जिम्मेवारी दिनुहुँदैन ।'
न्याय सबैलाई समान हुनुपर्ने भन्दै उहाँले भन्नुभयाे - 'न्याय भनेको कसैलाई लागू हुने र कसैलाई लागू नहुने हुन सक्छ र ? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नहुन्छ ? खुट्टी हेरेरै पत्याइयो, व्यवहारले नै पत्याइयो ।'
सभामुख जस्तो गरिमामय पदलाई आँच पुर्याएको हुँदा सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको पनि वलीले बताउनुभयाे ।
