काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियाेजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले १४ सांसद्लाई कारबाहीकाे सूचना नटाँसेकाे भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएकाे छ ।
