काठमाडाैं । प्रमुख प्रतिपक्षीकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधि सभा बैठक अगाडि बढाउनु भएकाे छ ।
आजकाे बैठक सुरु हुनासाथ एमाले सांसद्ले बेलमा आएर नारा लगाए । विराेधकैबीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियाेजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभयाे । त्यसपछि शर्माले प्रस्ताव पेस गर्नुभयाे ।
अहिले प्रतिनिधि सभामा नेमकिपाका सांसद् प्रेस सुवालले बाेलिरहनुभएकाे छ ।
