काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् भगवति न्याैपानेले नेकपा एमालेसँग लड्न नसक्नेहरुले अध्याराे काेठमा बसेर षड्यन्त्र गरेका बताउनुभएकाे छ ।
एमाले विरुद्ध गरिएकाे साे षड्यन्त्रकाे मतियार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटा बन्नुभएकाे भगवतिकाे भनाइ छ । बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै एमाले सांसद् न्याैपानेले भन्नुभयाे - 'हामीलाई थाहा छ नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्नेहरुले एउटा अध्याराे काेठामा बसेर षड्यन्त्र गरे, साे षड्यन्त्रकाे मतियार सभामुख बन्नुभयाे ।'
नेकपा एमाले फुटाउन खाेज्ने षड्यन्त्रकाे मतियार सभामुख बन्नुभएकाले आफूहरुले विराेध गरेकाे भगवतिले बताउनुभयाे । सभामुखकाे व्यवहारले लाेकतन्त्र र सिस्टममाथिकै प्रहार भएकाले राष्ट्रिय सभा सदस्यहरु चुप लाग्न सक्ने अवस्था नरहेकाे भगवतिले बताउनुभयाे । उहाँले - 'सभामुखले निष्पक्ष व्यवहार गर्न सक्नुहुन्न भने, संसदीय मर्यादाअनुसार चल्न सक्नुहुन्न भने, उहाँ सभामुखकाे हैसियतमा रहन सक्नुहुन्न, उहाँले राजीनामा दिनुपर्छ, उहाँ सभामुखकाे कुर्सीकाे बस्न याेग्य हुनुहुन्न, त्यसैले उहाँले चित्तबुझ्दाे र स्पष्ट जवाफ नदिँदासम्म हामी याे सदन चल्न दिन्नाैं ।'
नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्नेहरुले अध्याराे काेठामा बसेर षड्यन्त्र गरेका र साे षड्यन्त्रकाे मतियार सभामुख बन्नुभएकाे भगवतिले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'म विगतलाई स्मरण गराउन चाहान्छु, जब केपी ओली नेतृत्वकाे सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्यायाे, ४० प्रतिशतमा र काे ठाउँमा वा राखेर ल्याउँदा सर्वत्र विराेध भयाे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०७७ साल वैशाख ८ गते विज्ञप्ति जारी गर्नुभयाे, कांग्रेस सचेतक बालकृष्ण खाँडले ०७७ वैशाख ९ गते लाेकतन्त्रकाे हुर्मत लिने काम भयाे, दलिय व्यवस्थालाई कमजाेर बनाएर देशमा अस्थिरता निम्त्याउने काम भयाे, षड्यन्त्र भयाे भनेर विज्ञप्ति जारी गर्नुभयाे, म त्याे विज्ञप्तिलाई स्मरण गराउन चाहान्छु, आज त्यसकाे जवाफ कांग्रेस दिनुपर्ने कि नपर्ने ?'
१४ जना सांसद्लाई कारबाहीकाे सूचना नटाँसेर एमाले विरुद्धकाे षड्यन्त्रकाे मतियार सभामुख बनेकाे विषयमा सिंगाे देशकाे ध्यान केन्द्रित भएकाे भगवतिले बताउनुभयाे । 'याे विषयमा सिंगाे देशकाे ध्यान गएकाे छ, लाेकतन्त्र खतरामा परेकाे छ, संसदीय व्यवस्था नै खतरामा परेकाे छ, त्यसैले हामीले विराेध जनाइरहेका छाैं, सभामुखसँग चित्तबुझ्दाे जवाफ माग गरिरहेका छाैं, दलिय व्यवस्थामा दलकाे ह्वीप नमान्ने सांसद्लाई दलले कारबाही गर्न सक्छ, दलकाे ह्वीप नमान्ने नेकपा एमालेका १४ जना सांसद्लाई दलले कारबाही गरेकाे पत्र बुझाइसकेपछि सूचना टाँस्ने सभामुखकाे दायित्व हाे, तर सभामुखले आफ्नाे पदीय मर्यादालाई भुल्नुभएकाे छ, संवैधानिक व्यवस्थालाई भुल्नुभएकाे छ, संविधानले दिएकाे दायित्वलाई बिर्सेर उहाँले पक्षपातपूर्ण व्यवहार गर्नुभएकाे छ'- भगवतिकाे भनाइ छ ।
हिजाे आफैले स्थापित गरेकाे नजिरलाई समेत सभामुखले उपहास गर्नुभएकाे भन्दै उहाँले त्यसप्रति हाम्राे खेद व्यक्त गर्नुभयाे । भगवतिले कडा आपत्ति जनाउनुभयाे । भन्नुभयाे - त्यसकारण हामीले याे सदन चल्न दिएका छैनाैं, अनाधिकृत सांसद्लाई राखेर उहाँले प्रतिनिधि सभा बैठक सञ्चालन गर्न खाेज्ने दुश्प्रयास गर्नुभएकाे छ, याे सह्य छैन ।
