काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेश सभा सभा बैठक अवरुद्ध गरेकाे छ ।
बिहीबार बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले विराेध जनाएका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले एमाले सांसद् आरती पाैडेललाई बाेल्न समय दिनुभयाे । आरतीले पार्टी केन्द्रीय कमिटीले कारबाही गरेका दुई सांसद्लाई कारबाही नगर्दासम्म सदन चल्न नदिने बताउनुभयाे ।
त्यसपछि एमाले सांसद्हरुले राेष्टम अगाडि उभिएर नारा लगाए । सभामुख घर्तीले बैठक १ घण्टाका लागि स्थगित गर्नुभयाे । एमालेबाट चुनाव लडेका २ सांसद्लाई कारबाही नगरेकाे भन्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेकाे छ ।
