काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक माथि छलफल सुरु भएको छ ।
सोमबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदले नारा लगाएर विरोध जनाएका छन् । तर त्यसको वेवास्ता गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले सबै मन्त्रालय र विनियोजन विधेयक माथि एकै पटक छलफल सुरु भएको घोषणा गर्नुभएको थियो ।
सबै मन्त्रालय, कार्यालय, सचिवालयको खर्च कटौती र विनियोजन शिर्षक माथिको छलफलमा भाग उहाँले प्रेम सुवाललाई समय दिनुभयो । सुवालले एक महिनासम्म संसदमा छलफल हुने विनियोजन विधेयक माथि १२ मिनेटमा छलफल गर्ने समय दिएर संसदलाई जनता प्रति अनुत्तरदायी बनाएको भन्दै अपत्ति प्रकट गर्नुभयो ।
