काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा पनि अवराेध कायमै राखेकाे छ ।
मंगलबार राष्ट्रिय सभाकाे बैक सुरु हुनासाथ एमाले सांसद्ले यथास्थानबाट उठेर विराेध जनाएका थियाे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद् देवेन्द्र दाहाललाई बाेल्न समय दिनुभयाे ।
दाहालले सभामुख अग्निप्रसाद सापकाेटाकाे कदम नसच्चिएसम्म बैठकमा विराेध जारी राख्ने बताउनुभयाे । दाहालले बाेलेपछि पनि एमाले सांसद्हरुले उठेर विराेध जनाइरहे अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरेपनि उनीहरु उठिरहे ।
एमालेकाे विराेधबीच पनि अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयक टेबल गर्न अनुमति दिनुभयाे । विधेयक टेबल भएपछि अध्यक्षले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे छ ।
