काठमाडाैं । विनियाेजन विधेयक,२०७८ राष्ट्रिय सभामा टेबल भएकाे छ ।
मंगलबार बसेकाे बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच विनियाेजन विधेयक टेबल भएकाे हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयक पेस गर्न अनुमति दिनुभयाे ।
फुँयालले विधेयक टेबल गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
