काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजनीतिक दलविभाजन सम्बन्धी अध्यादेश सदनमा पेस गर्न माग गरेकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै एमाले सांसद् देवेन्द्र दाहालले दल विभाजनसम्बन्धी अध्यादेश सदनमा छलफलका लागि ल्याउन माग गर्नुभयाे । उहाँले भन्नुभयाे -' 'याे अध्यादेशले पार्टी विभाजन गर्याे अब याे फिर्ता लैजाने रे म भन्न चाहान्छु- याे अध्यादेश किन फिर्ता लाने ? याे अध्यादेश सदनमा ल्याइयाेस्,हामीले छलफल गर्न पाउनुपर्छ, संसद्ले छलफल गर्न पाउनुपर्छ ।'
आफ्नाे स्वार्थ पूरा गरेपछि अध्यादेश फिर्ता लैजाने खाेजिएकाे असन्तुष्टि जनाउँदै सांसद् दाहाले भन्नुभयाे - 'पार्टी विभाजन गर्ने लक्ष्य पूरा गर्याे,त्यसपछि याे अध्यादेश फिर्ता लाने ?' सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधि सभाका १४ सांसद्लाई कारबाहीकाे सूचना नटाँसेसम्म सदनमा अवराेध जारी रहने पनि दाहालले बताउनुभयाे ।
