काठमाडाैं । विनियाेजन विधेयक, २०७८ राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच मंगलबार बसेकाे राष्ट्रिय सभाकाे दाेस्राे बैठकले साे अध्यादेश स्वीकृत गरेकाे हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियाेजन विधेयक, २०७८ माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्न समय दिनुभयाे ।
विनियाेजन विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलमा कुनै पनि सांसद्ले भाग लिएनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ पेस गर्नुभयाे । अध्यक्ष तिमिल्सिनाले विनियाेजन विधेयक, २०७८ माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत घाेषणा गर्नुभयाे ।
अध्यक्षले गर्नुभएकाे मत विभाजनमा भने एमाले सांसद्ले भाग लिए ।
प्रतिनिधि सभा बैठकबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयक,२०७८ मा विभिन्न शीर्षकमाथिकाे समूहकृत छलफल र मन्त्रीले जवाफ दिनका लागि असाेज ७ गतेका लागि समय निर्धारण गरिएकाे अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयाे ।
