काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् देवेन्द्र दाहालले वर्तमान सरकार स्वार्थीहरुकाे झुण्ड भएकाे बताउनु भएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै नेकपा एमालेका सांसद् दाहालले वर्तमान सरकारले जनविराेधी काम गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे सरकार चीर निद्रामा बसेकाे छ, याे सरकार स्वार्थीहरुकाे झुण्ड हाे ।'
केपी शर्मा ओली नेतृत्वकाे सरकार ढाल्नुकाे औचित्य अहिलेसम्म पुष्टि हुन नसकेकाे उहाँले बताउनुभयाे । दल विभाजन अध्यादेश फिर्ता नहुन्जेल याे सरकार बन्नै सक्दैन भन्ने सुनिएकाे भन्दै उहाँले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे सरकारले अध्यादेश ल्यायाे अध्यादेशकाे लक्ष्य पार्टी विभाजन थियाे, साे अध्यादेश लागू गर्न सभामुखकाे भूमिका रह्याे,अध्यादेशले लाेकतन्त्र कमजाेर बनायाे, प्रजातन्त्र कमजाेर बनायाे, पार्टीहरुलाई कमजाेर बनाएकाे छ ।'
याे सरकार संविधान धाेस्त गर्न लागिरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'सडकमा नारा लगाउनेले एक स्टेप माथि उठेर संविधानमाथि प्रहार गरिरहेका छन्,२ महिनासम्म सरकार विस्तार हुन सकेकाे छैन ।'
प्रतिनिधि सभामा सभामुख र अर्थमन्त्रीले गुरिल्ला अभ्यास गर्नुभएकाे पनि सांसद् दाहाले बताउनुभयाे । 'याे संसदीय प्रणाली हाे तर यहाँ गुरिल्ला अभ्यास गरिँदैछ, प्रतिनिधि सभामा सत्तापक्ष, प्रतिपक्ष, मन्त्री कहाँ बस्ने मर्यादा हुन्छ, मन्त्रीका लागि छुट्याइएको कुर्सीमा अर्थमन्त्रीलाई देखिएन, माथिबाट आदेश दिने तलबाट गुरिल्ला कुदेर कुदेर के जाति प्रस्तुत गर्नुभयाे ।'
परमादेशबाट भएको सरकार भएपनि एमालेले मानेकाे तर परमादेश सरकारले अहिले अति गरेकाे उहाँकाे भनाइ छ । विनियोजन विधेयक मार्फत पूर्ववर्ति सरकारले सुरु गरेका १५ सय बढी सडक आयोजनाका रकम कटौती गरिएकोमा उहाँले आपत्ति जनाउनुभयाे । जबरजस्ती विनियाेजन विधेयक प्रस्तुत गरिएकाेमा पनि उहाँले असन्तुष्टि जनाउनुभयाे । 'याे सरकारले जनताका पक्षमा हाेइन विपक्षमा काम गरिरहेकाे छ, १५ सय बढी सडक कटाैती गरिएकाे छ, सडककाे सुविधा लिने ठाउँका जनता याे सरकारका पनि हाेइनन्, समृद्धि हाेइन याे सरकारले गरिबी दियाे ।'
बजेट हाेलिडे पनि यही सरकारकाे पालामा भएकाे भन्दै उहाँले भन्नुभयाे - '५ लाखलाई पैसा बाड्ने रे गरिबीलाई पैसा बाड्ने विधि के हाे ? सरकारसँग गरिब छुट्याउने विधि छैन सिस्टम छैन ।'
