काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
संघीय संद् भवन नयाँ बानेश्वरमा दिउँसाे २ बजे बस्ने बैठकमा आर्थिक विधेयक,२०७८ माथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा आर्थिक विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । अर्थमन्त्रीले नै माथि छलफल गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्र ऋण उठाउने विधेयकमाथि प्राप्त संशाेधनलाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।
अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक पारित गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
