काठमाडाैं । विनियाेजन विधेयक, २०७८ राष्ट्रिय सभाबाट पारित गरेकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकले विधेयक विनियाेजन विधेयक बहुमतले पारित गरेकाे हाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेधबीच विधेयक पारित भएकाे हाे ।
बैठकमा समामुख अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयकमाथिकाे छलफलमा भाग लिन आग्रह गर्नुभयाे । तर छलफलमा कुनै पनि सांसद्ले भाग लिएनन् ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले विधेयककाे दफा २ देखि ११ सम्म र साेसँग सम्बन्धित अनुसूची १ र २ प्रतनिधि सभाबाट सन्देशसहित प्राप्त विनियाेजन विधेयककाे २०७८काे अंग बनाेस् भनेर निर्णयार्थ पेस गर्नुभयाे ।
अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयाे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले निर्णायार्थ पेस गर्नुभएकाे प्रस्ताव बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ ।
