काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच प्रतिनिधि सभा बैठक अगाडि बढाइएकाे छ ।
एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठककाे काम कारबाही अगाडि बढाउनु भएकाे हाे । बिहीबार प्रतिनिधि सभाकाे बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले राेष्टम अगाडि आएर नाराबाजी गरेका छन् । एमालेकाे नाराबाजी अहिले पनि जारी छ ।
सभामुखकाे भूमिकालाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ । तर एमालेलाई अनदेखा गर्दै सभामुखले बैठक अगाडि बढाइरहनु भएकाे छ ।
