काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा बजेटकाे पूरक विधेयकको रुपमा रहेका दुई विधेयक टेबल गर्ने लगायत कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पेस गर्नुहुनेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक,२०७६ सम्बन्धि समितिकाे प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले 'खाद्य स्वच्छता तथा गणुस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७,अभिलेख संरक्षण (पहिलाे संशाेधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि तय छ ।
