काठमाडाैं । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ राष्ट्रिय सभामा टेबल भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेस भएकाे हाे । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ती दुबै विधेयक सभा समक्ष पेस गर्नुभएकाे हाे ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १० मिनेटपछि फेरि बस्नेगरी स्थगित गर्नुभएकाे छ । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध कायमै राखेकाे छ ।
