काठमाडौं । राष्ट्रिय सभा सदस्य पर्शुराम मेघी गुरुङले सरकारले भूतप्रभावी कानुन बनाएर कालो धनलाई सेतो बनाउने प्रयत्न गरेको बताउनुभएको छ ।
उहाँले आफूलाई क्रान्तिकारी भन्ने अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी विधेयक ल्याएको बताउनुभयो । कालो धनलाई दिनदहाडै सेतो बनाउने प्रयत्न गरिएको उहाँको भनाइ छ । सोमबार राष्ट्यि सभा बैठकमा बोल्दै गुरुङले प्रश्न गर्नुभयो, ‘कुन श्रमजिवी जनताको लागि यो सहुलियत दिईँदै छ, कुन राष्ट्रिय उद्योगपतिको लागि यो सहुलियत दिईँदै छ ?’
एमालेले सरकार र सभामुखको गलत क्रियाकलापको लगातार विरोध गरेपनि त्यसको वेवास्ता गरिएको उहाँले बताउनुभयो । एमालेका माग सम्बोधन नभएसम्म विरोध जारी रहने उहाँले बताउनुभयो । संसदबाट धेरै कानुन बनाउने काम बाँकी रहेका भए पनि सरकारकै कारण सो कार्य अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
