काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् खगराज अधिकारीले वर्तमान सरकार गैरजिम्मेवार बनेकाे बताउनु भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् अधिकारीले सरकारले गैरजिम्मेवार प्रवृत्ति देखाएकाे बताउनुभयाे । सदनकाे गतिराेध अन्त्य गर्न सरकारले कुनै पहल नगरेकाे उहाँले बताउनुभयाे । लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले सदनकाे गतिरोध अन्त्य गर्न पहल गर्नुकाे साटाे तमाशा हेरेर बसेको अधिकारीकाे भनाइ छ ।
सांसद् अधिकारीले प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'याे आपत्तिजनक छ, यसले अन्तरर्राष्ट्रिय कानुन आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा बढाएकाे छ ।'
