काठमाडाैं । संसद सचिवालयले भाेलि बस्ने प्रतिनिधि सभाकाे सम्भावित कार्यसूची सार्वजनिक गरेकाे छ ।
भाेलि बस्ने प्रतिनिधि सभा बैठकमा दुई वटा कार्यसूची तय गरिएकाे छ । भोलिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन, ०७८ पेस गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन भदाै ४ गते राष्ट्रपति समक्ष पेस भएकाे थियाे । राष्ट्रपतिबाट प्रधानमन्त्रीमार्फत सदनमा पेस भइ साे प्रतिवेदन प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिमा छलफल हुने गर्छ ।
सभामुख सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भदौ २३ गतेदेखि सदन अवरुद्ध गर्दै आएकाे छ ।
