काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसाे १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन, ०७८ पेस गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भदौ २३ गतेदेखि सदन अवरुद्ध गर्दै आएकाे छ । आज पनि एमालेले सदन अवराेध कायमै राख्न सक्ने सम्भावना छ ।
