काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवराेध कायमै राखेकाे छ ।
प्रतिनिधि सभाको आजको बैठक पनि एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले बेलमा आएर नाराबाजी लगाएका छन् । सभामुख अग्निप्रसाद सापकाेटाले बस्न आग्रह गरेपनि एमाले सांसद्ले नारा लगाइरहेका छन् ।
सभामुख सापकाेटाकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेले भदाै २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएकाे छ । एमालेका सांसद्ले आज पनि सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी गरेका छन् ।
