काठमाडौं । प्रमुख प्रतिपक्षीकाे अवराेधबीच प्रतिनिधि सभाबाट महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा पेस भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन, ०७८ पेस गर्नुभएकाे हाे ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन भदाै ४ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस भएकाे थियाे । राष्ट्रपतिबाट प्रधानमन्त्रीमार्फत सदनमा पेस भइ साे प्रतिवेदन प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिमा छलफल हुने गर्छ ।
त्यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यलयबाट प्राप्त राजनीतिक दल विभाजनसम्बन्धी (पहिलाे संशाेधन) अध्यादेश,२०७८ खारेजसम्बन्धी पत्र पढेर सुनाउनुभयाे । सभामुखले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पनि पढेर सुनाउनुभयाे ।
एमालेकाे अवराेधबीच सधैंझै आज पनि सभामुखले सदनकाे काम कारबाही अगाडि बढाउनुभयाे । प्रतिनिधि सभा बैठक असाेज १९ गतेसम्मका लागि स्थगित भएकाे छ ।
