काठमाडौं । राष्ट्रिय सभाको बैठक एक दिन पछि सरेकाे छ ।
असाेज १७ गते बस्ने भनिएकाे बैठक असाेज १८ गते दिउँसो १ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । संसद् सचिवालयले आज सूचनामार्फत साे जानकारी दिएकाे हाे । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।
'राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ'-सूचनामा लेखिएकाे छ ।
