काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'राष्ट्रिय दलित आयाेगकाे वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाकाे भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद्का दुवै सदनकाे बैठक अवरुद्ध गर्दै आएकाे छ । यद्यपि सरकार र सभामुख प्रमुख प्रतिपक्षीलाई पेल्दै अगाडि बढेका छन् ।
