काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध कायमै राख्दा चल्न सकेन ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।्
बैठक अवरुद्ध नगरी सदन चल्न दिन र बैठकमा सहभागी भइ आफ्ना कुरा राख्न बैठकमा सभामुखले प्रतिपक्ष दलका सांसद्संग आग्रह गर्नुभएकाे थियाे ।
सभामुख सापकाेटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराउनु भएको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अवरोधकै बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट 'राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, ०७६/७७' पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार दिन १ बजे बस्नेछ ।
–रासस
