काठमाडाैं । प्रदेश-२ का सांसद् शिवचन्द्र चाैधरीले मुख्यमन्त्री लालबाबु राउत नआत्तिन आग्रह गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकमा बाेल्दै सांसद् चाैधरीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगलाई आफ्नाे काम गर्न दिनुपर्ने बताउनुभयाे । 'नाराजुलुस गरेर यसाे गर्याे भन्ने कि, अनुसन्धानमा सघाउने ? मसाल जुलुस निकाल्दैमा अख्तियारकाे अधिकार कम हुँदैन, शान्त हुनुस्, मुख्यमन्त्री आत्तिएकाे देखेँ, गलत गर्नुभएकाे छैन भने नआत्तिनुस्'- चाैधरीले भन्नुभयाे ।
कांग्रेस सांसद् चाैधरीले प्रदेश २ का हरेक पालिकामा भ्रष्टाचारबारे उजुरी परेका बताउनुभयाे । उजुरी परेपछि छानबिन हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयाे । सदन राम्राेसँग चलाउन उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयाे ।
