काठमाडाैं । लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध कायमै राखेकाे छ ।
बुधबार बैठक सुरु हुनासाथ एमाले सांसद्ले नाराबाजी गरेका हुन् । एमालेकाे नाराबाजीबीच सभामुख पूर्णबहादुर घर्तीले सदनकाे कामकारबाही अगाडि बढाउनु भएकाे छ ।
नेकपा एमालेले कारबाही गरेका दुई सांसद्लाई सभामुखले कारबाही नगरेपछि प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएकाे छ । सूर्य चिन्हबाट निर्वाचित अजय शाही र विमला खत्री वलीलाई पार्टीबाट निष्कासित गर्दै पदमुक्त गर्न एमालेले सभामुख समक्ष पत्र लेखेकाे थियाे । तर सभामुखले कारबाहीकाे सूचना टाँस्नुभएन । सभामुखकाे भूमिका विरुद्ध एमालेले सर्वाेच्च अदालतमा मुद्दा दायर गरिसकेकाे छ ।
