काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएकाे छ ।
बुधबार प्रदेश सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले नाराबाजी गरेका थिए । एमालेकाे अवराेधबीच सभामुख पूर्णबहादुर घर्तीले दुई वटा विधेयक पेस गर्न समय दिनुभयाे ।
त्यसपछि उहाँले अपरान्ह ४ बजे बस्नेगरी बैठक स्थगित गर्नुभयाे । पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने एमालेले बताइसकेकाे छ ।
