काठमाडाैं । नेकपा एमाले प्रदेश-२ का सांसद् सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतका कारण प्रदेश सरकार बदनाम भएकाे बताउनु भएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकमा बाेल्दै सांसद् मण्डलले मुख्यमन्त्रीका कारण आफूहरु २ नम्बर भनेर चिनिएकाे बताउनुभयाे । बेढी बचाउ बेटी पढाउ अभियानमा साइकल वितरणबारे आफूहरुसँग कुनै सल्लाह नगरिएकाे पनि सांसद् मण्डलले बताउनुभयाे । उहाँले भन्नुभयाे 'मुख्यमन्त्रीज्यू, साइकल बाँड्नुस्, अख्तियार ल्याउनुस् ।
नेकपा एमालेले यसअघि मुख्यमन्त्रीलाईविश्वासकाे मत दिएकाे स्मरण गराउँदै मण्डलले भन्नुभयाे - 'मुख्यमन्त्रीले कहिल्यै पनि प्रतिपक्षीसँग राम्राे व्यवहार गर्नुभएन ।' अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेकाेमा नैतिक जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने पनि मण्डलले बताउनुभयाे । 'निर्दाेष छु भन्ने वातावरण बनाउनुस्,यस किसिमकाे बाटाे तय गर्नुस्' - उहाँले भन्नुभयाे ।
अख्तियार र मुख्यमन्त्रीकाे सम्बन्धमा कांग्रेस सांसद् शिवचन्द्र चाैधरी र लाेसपा सांसद् जितेन्द्र साेनलले राख्नुभएकाे कुरामा आफू सहमत रहेकाे पनि मण्डलले बताउनुभयाे । सम्बाेधन गर्नासाथ मुख्यमन्त्री सदनबाट बाहिरिएकाेमा असन्तुष्टि जनाउँदै सांसद् मण्डलले भन्नुभयाे - 'मुख्यमन्त्री जी कमसेकम आइदिनुस्, कुरा सुन्नुस्, जात्रा नदेखाउनुस् ।'
देशमा राजनीतिक परिवर्तन भएपनि देशकाे आर्थि-सामाजिक सत्ता नेपाली जनताकाे हातमा नभएकाे मण्डलले बताउनुभयाे । अहिले साे सत्ता अहिले पनि दलाल, पुँजीपति र सामन्तकाे हातमा रहेकाे उहाँकाे भनाइ छ । वर्तमान सरकारले संविधानकाे धज्जी उडाएकाे पनि मण्डलले बताउनुभयाे ।
'याे देशका खुंखार सामन्तका छाउराहरुले संविधानकाे धज्जी उडाए, संविधान हामीले कत्तिकाे पालना गरेका छाैं ? यी सामन्ती छाउराहरु न्यायाधीश भए, कहाँ दुनियाँमा न्यायालयले प्रधानमन्त्री जन्माउँछ ?'- मण्डलले प्रश्न गर्नुभयाे ।
