काठमाडौं । प्रदेश २ का प्रदेश सभा सदस्य सत्यनारायण मण्डलले राजनीतिमा टुटफुट हुने कुरा निरन्तर प्रक्रिया भएकोले यसमा कसैले खुसी हुनु नपर्ने बउताउनुभएको छ ।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै प्रदेशमा एमाले संसदीय दलको नेता समेत रहुनुभएका मण्डलले कलीयुगमा मात्र होइन त्रेता र द्वापर युगमा पनि राजनीतिमा गुट, फुट र विभाजन हुँदै आएकोे बताउनुभयो ।
राजनीतिक व्यक्तिले जसले जसलाई जति आरोप लगाए पनि उचाले पनि देशको आर्थिक सामाजिक सत्ता अहिले पनि नेपली जनताको हातमा नभएको उहाँको भनाइ छ । अहिले पनि देशको शासन सत्ता सिमित सामन्त र दलालकै हातमा भएको उहाँले प्रष्ट पार्नुभयो ।
संविधानको संशोधन गर्ने अधिकार संसदलाई भए पनि त्यो काम दलाल सामन्तीले चलाएका न्यायाधीशले गरेको उहाँले बताउनुभयो । ‘जननिर्वाचित संविधान सभाले बनाएको संविधानको धज्जी उडाउने काम भएको छ’, उहाँले भन्नुभयो ।
बेटी पढाउ, बेटी बचाउ अभियानको सइकल खरिद र वितरणको बारेमा मुख्यमन्त्रीले एमालेसँग कुनै सल्लाह नगरेको उहाँले बताउनुभयो । सो प्रकरणमा मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्नु प्रदेश माथिकै कलंक भएको उहाँले बताउनुभयो । यसको जिम्मेवारी मुख्यमन्त्रीले लिनु पर्ने उहाँले बताउनुभयो ।
